नेपालका लागि दिपल इभीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले २०२६ दिपल एस०५ प्लसको बिक्री सुरु गरेको छ। नेपाली बजारमा २०२६ दिपल एस०५ प्लसको मूल्य ५३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
दिपल एस०५ प्लसमा रियर ह्विल ड्राइभ सिस्टम दिइएको छ। गाडीमा ९९ किलोवाटको इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ जसले ३२० एनएम टर्क उत्पादन गर्छ। कम्पनीका अनुसार यसले डब्लुएलटिपी मापदण्डअनुसार ४०५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ।
यसमा १५१.५ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट उपलब्ध छ। कम्पनीले १५ मिनेटमै ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न सकिने जनाएको छ। साथै, ६ किलोवाट क्षमताको भेहिकल टु लोड (भिटुएल) फिचर पनि उपलब्ध छ, जसबाट बाह्य विद्युतीय उपकरण सञ्चालन गर्न सकिन्छ।
डिजाइनतर्फ एस०५ प्लसले आईएफ डिजाइन अवार्ड २०२५ प्राप्त गरेको कम्पनीको दाबी छ। गाडीमा फ्रेमलेस डोर, फ्लस डोर ह्यान्डल र आधुनिक लाइटिङ सिग्नेचर प्रयोग गरिएको छ। इन्टेरियरमा १५.४ इन्चको फुल एचडी टचस्क्रिन, ८ वटा सोनी स्पिकर, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, साथै ६४ कलर एम्बियन्ट लाइटिङ जस्ता फिचर समावेश छन्।
गाडीमा १५९ लिटर क्षमताको फ्रंक दिइएको छ। साथै, रिमोट इन एन्ड आउट सिस्टममार्फत पार्किङलाई सहज बनाउने सुविधा पनि राखिएको छ। फोर जी र फाइभ जी कनेक्टिभिटी सपोर्टका कारण गाडी सधैं इन्टरनेटसँग कनेक्ट रहने कम्पनीले जनाएको छ।
सुरक्षातर्फ दिपल एस०५ प्लसले ५ स्टार युरो एनक्याप रेटिङ प्राप्त गरेको बताइएको छ।
NAIMA Nepal Mobility Expo 2026 भोलिदेखि, ५५ भन्दा बढी ब्रान्ड सहभागी हुँदै
नेपालमा Leapmotor B03X Pro Max सार्वजनिक; पहिलो १०० ग्राहकका लागि मूल्य ४४.९९ लाख रुपैयाँ
GWM Jolion Max EV NAIMA Nepal Mobility Expo 2026 मा प्रदर्शन हुन सक्ने
