नेभिगेशन
स्थानीय समाचार

एथर नेपालद्वारा बिर्तामोडमा नयाँ एथर एक्सपिरियन्स सेन्टर उद्घाटन

एथर इनर्जीको नेपालका लागि आधिकारिक वितरक एथर नेपालले बिर्तामोडमा नयाँ एथर एक्सपिरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ।

भुर्तेल इनर्जी प्रालिको डिलर व्यवस्थापनअन्तर्गत आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको उक्त एक्सपिरियन्स सेन्टरले पूर्वी नेपालमा कम्पनीको उपस्थितिलाई थप विस्तार गरेको हो।

नयाँ एक्सपिरियन्स सेन्टर सुरु भएपछि एथर नेपालका देशभर ११ वटा एथर एक्सपिरियन्स सेन्टर सञ्चालनमा पुगेका छन्। यसमा काठमाडौं उपत्यकासहित पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर र अब बिर्तामोड समावेश छन्। साथै, ग्राहकलाई सहज र भरपर्दो बिक्रीपछिको सेवा उपलब्ध गराउन देशभर १० वटा अथोराइज्ड सर्भिस सेन्टर पनि सञ्चालनमा रहेका छन्।

नयाँ एक्सपिरियन्स सेन्टरमा एथरको सम्पूर्ण प्रोडक्ट लाइनअप प्रदर्शनमा राखिनेछ, जसमा पर्फर्मेन्स–फोकस्ड एथर ४५० सिरिज तथा फ्यामिली–ओरिएन्टेड एथर रिज्टा समावेश छन्।

एथर ४५० सिरिजलाई स्मार्ट टेक्नोलोजी र उच्च प्रदर्शनयुक्त राइडिङ अनुभवका लागि डिजाइन गरिएको हो। यसमा गुगल म्याप्स नेभिगेसन, अटोहोल्ड, रिभर्स मोड, मल्टिपल राइड मोड्स, टचस्क्रिन ड्यासबोर्ड जस्ता अत्याधुनिक फिचरहरू उपलब्ध छन्।

त्यसैगरी, एथर रिज्टा दैनिक प्रयोग र परिवारमुखी आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएको मोडेल हो, जसमा ट्र्याक्सन कन्ट्रोल, सेफ्टी अलर्ट्स तथा कनेक्टेड नोटिफिकेसन्स, ठूलो सिट, प्रशस्त स्टोरेज र आरामदायी राइडिङ अनुभव जस्ता सुविधाहरू समावेश छन्।

बिर्तामोडको नयाँ एथर एक्सपिरियन्स सेन्टरमा ग्राहकहरूले स्कुटरहरूको लाइभ डिस्प्ले अवलोकन गर्न, टेस्ट राइड लिन, फाइनान्सिङ जानकारी प्राप्त गर्न, एक्सचेन्ज सुविधा बुझ्न, ईभी परामर्श तथा चार्जिङ सम्बन्धी जानकारी लिन सक्नेछन्। एथर नेपालले आफ्नो फास्ट चार्जिङ नेटवर्क (एथर ग्रिड) विस्तार गर्दै देशभर ४० भन्दा बढी फास्ट चार्जिङ प्वाइन्ट सञ्चालनमा ल्याइसकेको छ।

कम्पनीले एथर इकोसिस्टमलाई थप मजबुत बनाउन एक्सटेन्डेड ब्याट्री वारेन्टी समेत प्रदान गर्दै आएको छ। बिर्तामोड उद्घाटनको अवसरमा जेठ १७, २०८३ सम्मका लागि विशेष अफर अन्तर्गत ० प्रतिशत ब्याजदरमा फाइनान्सिङ सुविधा, एक्सटेन्डेड ब्याट्री वारेन्टी तथा एक्सचेन्ज भ्यालुएसन बेनेफिट्स उपलब्ध हुने एथर नेपालले जनाएको छ।

प्रकाशित मिति: