यातायात व्यवस्था विभागले देशभर सार्वजनिक सवारी साधनको नयाँ दर्ता तत्कालका लागि रोक्ने निर्णय गरेको छ। बिहीबार जारी परिपत्रमार्फत सातै प्रदेशका सम्बन्धित मन्त्रालय तथा सबै स्थानीय तहलाई निर्देशन दिँदै यो व्यवस्था लागू गरिएको हो।
विभागका अनुसार अब अर्को सूचना जारी नभएसम्म कुनै पनि प्रकारका सार्वजनिक सवारी साधन दर्ता गरिने छैन। यसमा इन्धनबाट चल्ने मात्र नभई विद्युतीय (इलेक्ट्रिक) सार्वजनिक सवारी साधन पनि समेटिएका छन्।

बढ्दो ट्राफिक चाप, वायु प्रदूषण, सडक संरचनामा परेको दबाब तथा सार्वजनिक यातायात व्यवस्थापनमा देखिएको असन्तुलनलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको विभागले जनाएको छ। सार्वजनिक यातायात प्रणालीलाई थप व्यवस्थित र वैज्ञानिक बनाउने उद्देश्यले दर्ता प्रक्रिया रोकिएको हो।
विभागले यो निर्णय सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २४ को उपदफा (३) अनुसार गरिएको जनाएको छ। उक्त कानुनी प्रावधानअनुसार सार्वजनिक हित, वातावरणीय प्रभाव तथा सवारी चापलाई मध्यनजर गर्दै आवश्यक परे सवारी दर्ता रोक्न सकिने व्यवस्था छ।
प्रोटोनले नेपालमा सार्वजनिक गर्यो नयाँ eMAS 5, सुरुआती मूल्य २९.९९ लाख रुपैयाँ
Wuling MINIEV को नेपाल डेब्यु NAIMA Mobility Expo 2026 मा
