नेभिगेशन
स्थानीय समाचार

नेपाली महिला राष्ट्रिय फुटबल टोलीका खेलाडीहरू STC Ride र STC Energy का ब्रान्ड एम्बासडर नियुक्त

स्वदेशमै उत्पादन हुँदै आएका ब्याट्री ब्रान्डहरू STC Ride तथा STC Energy ले नेपाली खेलकुद क्षेत्रसँगको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यसहित नेपाली महिला राष्ट्रिय फुटबल टोलीका तीन खेलाडीलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको छ।

मिति २०८३ जेठ ६ गते, सोमबार अखिल नेपाल फुटबल संघ (ANFA) परिसरमा आयोजित विशेष साइनिङ समारोहमार्फत राष्ट्रिय महिला फुटबल टोलीका चर्चित खेलाडीहरू रेखा पौडेल, मनमाया दमाई तथा दीपा शाहीसँग औपचारिक सम्झौता सम्पन्न गरिएको हो।

STC-Ride-STC-Energy-Nepali-Women-Footballers-Signing-Ceremony-2-1779361948.jpg

सम्झौताअनुसार राष्ट्रिय टोलीकी फरवार्ड खेलाडी रेखा पौडेल तथा प्रतिभाशाली युवा खेलाडी दीपा शाहीले STC Ride को प्रतिनिधित्व गर्नेछन् भने राष्ट्रिय टोलीसँग आबद्ध खेलाडी मनमाया दमाईलाई STC Energy को ब्रान्ड एम्बासडरको रूपमा अनुबन्ध गरिएको छ।

STC-Ride-STC-Energy-Nepali-Women-Footballers-Signing-Ceremony-3-1779361964.jpg

नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी रेखा पौडेल, दीपा शाही र मनमाया दमाईले घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै नेपाली महिला फुटबलको उदयमा महत्वपूर्ण योगदान दिइरहेका छन्। अनुभव, उदीयमान प्रतिभा र निरन्तर समर्पणका साथ यी तीनै खेलाडीहरूले नेपाली फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन्।

STC-Ride-STC-Energy-Nepali-Women-Footballers-Signing-Ceremony-4-1779361978.jpg

नेपालको अटोमोटिभ तथा ऊर्जा क्षेत्रमा सक्रिय Shree STC Energy ले विगत लामो समयदेखि गुणस्तरीय तथा भरपर्दो ऊर्जा समाधान उपलब्ध गराउँदै आएको छ। कम्पनीले आधुनिक प्रविधिमा आधारित ब्याट्री उत्पादनमार्फत नेपाली बजारमा आफ्नो विश्वसनीय पहिचान स्थापित गरेको छ।

कम्पनीका प्रमुख उत्पादनहरू STC Ride तथा STC Energy पूर्ण रूपमा नेपालमै उत्पादित ब्याट्री ब्रान्डहरू हुन्। नेपाली सडक, मौसम तथा उपभोक्ताको आवश्यकताअनुसार स्वदेशमै उत्पादन गरिएका यी ब्याट्रीहरूले उच्च कार्यक्षमता, लामो आयु तथा भरपर्दो प्रदर्शन प्रदान गर्दै आएका छन्। विशेषगरी दुई पाङ्ग्रे, चार पाङ्ग्रे तथा ऊर्जा तथा पावर ब्याकअप क्षेत्रमा यसको प्रभाव र लोकप्रियता बढ्दै गएको कम्पनीले जनाएको छ।

कार्यक्रममा बोल्दै एसटीसी ग्रुपका प्रबन्ध निर्देशक तथा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपाली खेलाडीहरूसँग सहकार्य गर्न पाउँदा गर्व महसुस भएको बताएका थिए।

कम्पनीले खेलकुद क्षेत्र र युवापुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय खेलाडीहरूसँग सहकार्य गरिएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि नेपाली प्रतिभालाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति: