जि.ओ. अटोमोबाइलले जेएसडब्ल्यू एमजी मोटर इन्डियाका सवारीसाधनको आधिकारिक आयातकर्ता तथा वितरकले नयाँ एमजी हेक्टर नेपालमा सार्वजनिक गरेको छ । नेपालमा यसको मूल्य ६६.९९ लाख रुपैयाँदेखि सुरु भएर ८०.९९ लाख रुपैयाँसम्म निर्धारण गरिएको छ।
कम्पनीले बिहीबार काठमाडौंको थापाथलीस्थित एमजी सोरुममा आयोजित कार्यक्रममा नेपाली बजारका लागि नयाँ एमजी हेक्टर औपचारिक रूपमा सार्वजनिक गरेको हो ।
यो नयाँ मोडलसँगै कम्पनीले पछिल्लो समय नेपालमा एमजी विन्डसर र एमजी कमेट समेत लन्च गरिसकेको छ, जसले ब्रान्डको विभिन्न सेग्मेन्टमा उपस्थितिलाई थप विस्तार गरेको छ।

कम्पनीका अनुसार नयाँ एमजी हेक्टर मा डिजाइन, टेक्नोलोजी र क्याबिन प्रिमियमनेसमा उल्लेखनीय सुधार गरिएको छ। यो एसयूभी लाई फराकिलो स्पेस, आधुनिक कनेक्टिभिटी र दैनिक प्रयोगमा सहजता खोज्ने ग्राहकलाई लक्षित गरी प्रस्तुत गरिएको हो।
पुरानो जेनेरेसनको तुलनामा नयाँ मोडलमा बाहिरी डिजाइनदेखि लिएर इन्टेरियर लेआउटसम्म धेरै परिवर्तन गरिएको छ। कम्पनीका अनुसार यसमा उत्कृष्ट सेफ्टी फिचर, स्मार्ट कनेक्टेड टेक्नोलोजी र अझ प्रिमियम क्याबिन अनुभव समावेश गरिएको छ, जसले यसको समग्र प्रिमियम अपिललाई बढाएको छ।

इन्जिनका रूपमा यस एसयूभी मा १.५-लिटर टर्बो पेट्रोल इन्जिन दिइएको छ, जसले १४१ बीएचपी पावर र २५० एनएम टर्क उत्पादन गर्छ। यसलाई ६-स्पिड म्यानुअल र CVT अटोमेटिक गियरबक्स अप्सनहरू उपलब्ध गराइएको छ। गाडीमा ६०-लिटरको फ्यूल ट्याङ्की, २,७५० mm ह्वीलबेस तथा १७ र १८ इन्चका ह्वील अप्सनहरू भेरियन्ट अनुसार उपलब्ध छन्।

नेपालमा नयाँ एमजी हेक्टर चार भेरियन्टमा उपलब्ध छ—Select Pro MT, Smart Pro MT, Smart Pro CVT र Plus Sharp Pro MT 7-Seater। यसको सुरुवाती मूल्य ६६.९९ लाख रुपैयाँ र टप भेरियन्टको मूल्य ८०.९९ लाख रुपैयाँ तोकिएको छ।
नेपाली महिला राष्ट्रिय फुटबल टोलीका खेलाडीहरू STC Ride र STC Energy का ब्रान्ड एम्बासडर नियुक्त
नेपालभर उल्लेखनीय सहभागितासहित सम्पन्न भयो डिस्टिङ्गुइस्ड जेन्टलम्यान्स राइड २०२६




