नेभिगेशन
स्थानीय समाचार

NAIMA Nepal Mobility Expo 2026 भोलिदेखि, ५५ भन्दा बढी ब्रान्ड सहभागी हुँदै

नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको ठूलो प्रदर्शनीमध्ये एक NAIMA Nepal Mobility Expo 2026 भोलिदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ। 

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) को आयोजनामा हुने एक्स्पोमा ५५ भन्दा बढी ब्रान्ड, ५१ वटा स्टल तथा ४० भन्दा बढी नयाँ सवारी तथा मोबिलिटी उत्पादनको लन्च तथा प्रस्तुति हुने भएको छ।

अगस्ट ११ देखि १६ सम्म सञ्चालन हुने दोस्रो संस्करणको एक्स्पोमा चारपांग्रे, दुईपांग्रे तथा कमर्सियल भेहिकलसँगै विद्युतीय तथा हाइब्रिडसवारी, चार्जिङ पूर्वाधार, अटोमोटिभ प्रविधि, मोबिलिटी सेवा तथा अन्य सम्बन्धित उत्पादनहरू प्रदर्शन गरिनेछन्।

भृकुटीमण्डपमा ६ दिनसम्म एक्स्पो

NAIMA Nepal Mobility Expo 2026 अगस्ट ११ देखि १६ सम्म, अर्थात् श्रावण २६ देखि ३१, २०८३ सम्म सञ्चालन हुनेछ। एक्स्पो हरेक दिन बिहान ११ बजेदेखि खुला हुने बताइएको छ।

यसपटकको एक्स्पोलाई गत वर्षको पहिलो संस्करणभन्दा थप व्यवस्थित, सहज र आगन्तुकमैत्री बनाउने तयारी गरिएको NAIMA ले जनाएकोछ। मनसुनलाई ध्यानमा राखेर विशेष व्यवस्था गरिएको छ भने अपांगता भएका व्यक्तिका लागि समेत सहज हुने गरी प्रदर्शनीस्थल व्यवस्थापनगरिने बताइएको छ।

५५ भन्दा बढी ब्रान्डको सहभागिता

एक्स्पोको मुख्य आकर्षणमध्ये एउटै स्थानमा देख्न पाइने विभिन्न अटोमोबाइल तथा मोबिलिटी ब्रान्डहरूको ठूलो संख्या हो।

चारपांग्रे सवारीतर्फ स्थापित कम्पनीदेखि नयाँ ब्रान्डसम्मको सहभागिता रहनेछ। दुईपांग्रे खण्डमा मोटरसाइकल तथा स्कुटरका विभिन्न ब्रान्डरहनेछन् भने कमर्सियल भेहिकलतर्फ पनि छुट्टै सहभागिता रहनेछ। एक्स्पोमा विद्युतीय तथा हाइब्रिड मोबिलिटीको उल्लेखनीय उपस्थिति रहनेछ। यसले पछिल्लो समय तीव्र रूपमा परिवर्तन भइरहेको नेपालकोअटोमोबाइल बजारको अवस्थालाई समेत प्रतिबिम्बित गर्नेछ।

४० भन्दा बढी नयाँ लन्च तथा प्रस्तुति

यस वर्षको एक्स्पोमा ४० भन्दा बढी नयाँ सवारी तथा मोबिलिटी उत्पादनको लन्च तथा प्रस्तुति हुने अपेक्षा गरिएको छ। तर, एक्स्पो केवल नयाँ सवारी सार्वजनिक गर्ने कार्यक्रममा सीमित रहने छैन। 

विभिन्न ब्रान्डले आफ्ना उत्पादन तथा प्रविधि प्रदर्शन गर्नुका साथैचार्जिङ पूर्वाधार, अटोमोटिभ टेक्नोलोजी, कनेक्टिभिटी, सुरक्षा प्रणाली तथा अन्य मोबिलिटी समाधानसमेत प्रस्तुत गर्नेछन्। यसका कारण नयाँ सवारी खरिद गर्ने योजना बनाएका ग्राहकका साथै अटोमोबाइल तथा नयाँ प्रविधिमा रुचि राख्नेहरूका लागि एक्स्पोमहत्वपूर्ण हुने देखिएको छ।

टिकट कति?

NAIMA Nepal Mobility Expo 2026 को टिकट IME Khalti मार्फत उपलब्ध छ।

सर्वसाधारणका लागि टिकट शुल्क रु. २०० तोकिएको छ भने विद्यार्थीका लागि रु. १०० शुल्क लाग्नेछ। विद्यार्थीले मान्य विद्यार्थी परिचयपत्र वाविद्यालय/कलेजको पोसाक प्रयोग गर्नुपर्नेछ। टिकट डिजिटल रूपमा Khalti Digital Wallet बाट खरिद गर्न सकिनेछ।

त्यस्तै, योग्य ग्राहकले UnionPay QR मार्फत टिकट खरिद गर्दा क्यासब्याक सुविधा समेत प्राप्त गर्न सक्नेछन्।

NAIMA का अनुसार एक्स्पोको टिकटबाट प्राप्त हुने आम्दानीमध्ये कम्तीमा १० प्रतिशत रकम अनुसन्धान फेलोसिप तथा तालिम कार्यक्रमकालागि छुट्याइनेछ। फेलोसिपमार्फत तयार हुने अनुसन्धान तथा लेखहरू NAIMA Mobility Journal मा प्रकाशित गर्ने योजना रहेको छ।

पार्किङको व्यवस्था

निजी सवारीसाधन लिएर एक्स्पोमा जाने आगन्तुकका लागि नेपाल पुलिस क्लबमा पार्किङको व्यवस्था गरिएको छ। भृकुटीमण्डपमा अपेक्षित भीडका कारण व्यस्त समयमा पार्किङ तथा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने भएकाले आयोजकले तोकिएकोपार्किङ प्रयोग गर्न आग्रह गरेको छ।

त्यस्तै, Pathao ले एक्स्पोको Ride Partner का रूपमा भृकुटीमण्डप जाने तथा फर्कने यात्रामा छुटसहितको राइड सेवा उपलब्ध गराउनेछ।

निःशुल्क Learning Sessions पनि हुने

यस वर्षको एक्स्पोको अर्को महत्वपूर्ण पक्ष निःशुल्क Learning Sessions हो। नेपाल पुलिस क्लबस्थित Blue Pavilion को Auditorium Hall मा आयोजना हुने यी सत्रमा उद्योग विज्ञ, पेशाकर्मी, प्राज्ञिक व्यक्तित्व, व्यवसायी तथा अन्य क्षेत्रका व्यक्तिहरू सहभागी हुनेछन्।

सत्रहरूमा मोबिलिटी, अटोमोटिभ प्रविधि, सडक सुरक्षा, उपभोक्ता सचेतना, सीप तथा रोजगारी, उद्यमशीलता र नेपालको मोबिलिटी क्षेत्रकोभविष्यलगायतका विषयमा छलफल हुनेछ।

यसले एक्स्पोलाई केवल सवारी प्रदर्शन गर्ने कार्यक्रमभन्दा पनि मोबिलिटी क्षेत्रबारे जानकारी तथा छलफल गर्ने प्लेटफर्मका रूपमा विकास गर्नेउद्देश्य देखिन्छ।

बैंकिङ, फाइनान्स र मोबिलिटी प्रविधि

एक्स्पोमा सवारी खरिदमा रुचि राख्ने ग्राहकका लागि वित्तीय सेवासमेत उपलब्ध हुनेछन्।

Global IME Bank ले Co-Sponsor का रूपमा विशेष बैंकिङ तथा सवारी फाइनान्स सुविधा उपलब्ध गराउनेछ। NMB Bank र Siddhartha Bank Banking Partners का रूपमा सहभागी छन्। यसैगरी, चार्जिङ पूर्वाधार, अटोमोटिभ प्रविधि, कनेक्टिभिटी, सवारी सुरक्षा तथा अन्य मोबिलिटी समाधान पनि एक्स्पोमा प्रस्तुत हुनेछन्।

NAIMA को सदस्य संख्या पनि बढ्दो

NAIMA का अनुसार संस्था स्थापना भएको पहिलो वर्षमै यसको सदस्य संख्या २१ बाट बढेर ३६ प्रमुख सदस्य कम्पनी पुगेको छ।

संस्थाले NAIMA Mobility Expo बाहेक NAIMA Mobility Journal, NAIMA Monthly Mobility Sambaad तथा NAIMA Capacity Building Training Sessions जस्ता कार्यक्रम पनि अघि बढाएको छ। NAIMA ले सडक सुरक्षा, सीप विकास, रोजगारी, मोबिलिटी क्षेत्रसम्बन्धी अनुसन्धान तथा सरकारी निकायसँगको सहकार्यलाई समेत आफ्नोप्राथमिकतामा राखेको जनाएको छ।

नेपालको मोबिलिटी क्षेत्रको बदलिँदो तस्वीर

नेपालको अटोमोबाइल बजार पछिल्लो समय तीव्र परिवर्तनको चरणमा छ। विशेषगरी विद्युतीय सवारीको बढ्दो उपस्थिति, हाइब्रिड प्रविधि, विद्युतीय दुईपांग्रे, चार्जिङ पूर्वाधार तथा नयाँ मोबिलिटी सेवाले बजारको स्वरूप परिवर्तन गरिरहेका छन्।

यही परिवेशमा आयोजना हुन लागेको NAIMA Nepal Mobility Expo 2026 ले नेपालको मोबिलिटी क्षेत्रको वर्तमान अवस्था र आगामीदिशालाई एउटै प्लेटफर्ममा प्रस्तुत गर्नेछ।

५५ भन्दा बढी ब्रान्ड, ५१ वटा स्टल र ४० भन्दा बढी नयाँ लन्च तथा प्रस्तुतिसहित NAIMA Nepal Mobility Expo 2026 भोलि, अगस्ट ११देखि भृकुटीमण्डपमा सुरु हुँदैछ। एक्स्पो अगस्ट १६ सम्म सञ्चालन हुनेछ।

प्रकाशित मिति: