नेभिगेशन
स्थानीय समाचार

GWM ORA 5 EV को मूल्य नेपालमा वृद्धि, अब रु ४८.४९ लाखदेखि

GWM नेपालले ORA 5 इलेक्ट्रिक एसयूभी को प्रारम्भिक (Introductory) मूल्य अफर समाप्त गर्दै नयाँ आधिकारिक मूल्य सार्वजनिक गरेको छ। कम्पनीका अनुसार संशोधित मूल्य अब सबै नयाँ बुकिङ तथा ग्राहकका लागि लागू हुनेछ।

नयाँ मूल्यअनुसार ORA 5 को Mid भेरियन्टको मूल्य रु ४८.४९ लाख निर्धारण गरिएको छ, जुन यसअघि रु ४६.९९ लाख थियो। त्यस्तै, High भेरियन्टको मूल्य रु ५३.९९ लाख कायम गरिएको छ, जुन यसअघि रु ५१.९९ लाखमा उपलब्ध थियो।

नेपालमा सार्वजनिक भएदेखि नै ORA 5 ले आकर्षक डिजाइन, आधुनिक प्रविधि, उन्नत सुरक्षा फिचर र लामो ड्राइभिङ रेन्जका कारण ग्राहकको ध्यान आकर्षित गर्दै आएको छ। प्रारम्भिक मूल्य अफर समाप्त भएसँगै कम्पनीले यसको मूल्य परिमार्जन गरेको हो।

ORA 5 इलेक्ट्रिक एसयूभीमा एकपटकको पूर्ण चार्जमा NEDC साइकल अनुसार ५२० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज उपलब्ध हुने कम्पनीको दाबी छ। यसमा प्यानोरामिक सनरुफ, प्रिमियम सिट, ३६०-डिग्री सराउन्ड भ्यु क्यामेरा, १८०-डिग्री च्यासिस भ्यु क्यामेरा, २०० एमएम ग्राउन्ड क्लियरेन्स तथा Self-Healing Paint Technology जस्ता फिचरहरू उपलब्ध छन्।

सुरक्षाका हिसाबले ORA 5 ले कम्पनीका अनुसार ५-स्टार ANCAP र ५-स्टार Euro NCAP सुरक्षा रेटिङ प्राप्त गरेको छ। साथै, यसमा सातवटा एयरब्याग र २० भन्दा बढी Advanced Driver Assistance System (ADAS) फिचरहरू समावेश छन्। तीमध्ये Lane Keep Assist, Automatic Emergency Braking, Adaptive Cruise Control र Traffic Sign Recognition प्रमुख छन्।

संशोधित मूल्यसँगै ORA 5 इलेक्ट्रिक एसयूभीले नेपालको प्रिमियम इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा आफ्नो प्रतिस्पर्धालाई निरन्तरता दिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: