नेभिगेशन
स्थानीय समाचार

नयाँ महिन्द्रा बोलेरो क्याम्पर डीसी गोल्ड पिकअप नेपालमा सार्वजनिक; मूल्य रु. ३९ लाख

नेपालका लागि महिन्द्रा सवारीसाधनको आधिकारिक वितरक अग्नि ग्रुपले नयाँ महिन्द्रा बोलेरो क्याम्पर डीसी गोल्ड पिकअप सार्वजनिक गरेको छ। नयाँ महिन्द्रा बोलेरो क्याम्पर डीसी गोल्ड पिकअपको मूल्य रु. ३९ लाख तोकिएको छ र नेपालभर रहेका आधिकारिक महिन्द्रा डिलरमार्फत बुकिङ तथा खरिदका लागि उपलब्ध छ।

नयाँ बोलेरो क्याम्पर डीसी गोल्डलाई व्यवसायी, उद्यमी तथा दैनिक व्यावसायिक प्रयोगका लागि भरपर्दो पिकअपको रूपमा प्रस्तुत गरिएको छ। यसले महिन्द्राको पहिलेदेखिको मजबुती र अफरोड क्षमतासँगै थप आरामदायी केबिन, नयाँ डिजाइन तथा आधुनिक सुविधाहरू समेटेको छ।

नयाँ मोडलमा अघिल्लो संस्करणको तुलनामा पावर र टर्कमा सुधार गरिएको छ। साथै यसमा एयर कन्डिसनर (एसी), म्युजिक सिस्टम, लेदर सिट तथा परिमार्जित एक्स्टेरियर डिजाइन जस्ता सुविधाहरू थपिएका छन्। यी सुधारले नेपालका विविध भौगोलिक अवस्था र कठिन सडकहरूमा प्रयोग गर्ने ग्राहकका लागि यसलाई अझ व्यावहारिक बनाउने कम्पनीको दाबी छ।

Mahindra-Bolero-Camper-DC-Gold-Nepal-1785482905.jpg

बोलेरो क्याम्पर डीसी गोल्डमा महिन्द्राको m2Di ४-सिलिन्डर, २,५२३ सीसी डिजेल इन्जिन प्रयोग गरिएको छ। उक्त इन्जिनले ३,२०० आरपीएममा ५९.७ किलोवाट पावर  र १,४०० देखि २,२०० आरपीएमबीच २२० न्युटन मिटर टर्क उत्पादन गर्छ।

उच्च टर्क, बलियो च्यासिस र भरपर्दो इन्जिनका कारण यो पिकअप कृषि, निर्माण, यातायात तथा अन्य व्यावसायिक क्षेत्रमा प्रयोग हुने ग्राहकलाई लक्षित गरिएको छ। नयाँ बोलेरो क्याम्पर डीसी गोल्डमा एक्स्टेरियर डिजाइनसँगै इन्टेरियरमापनि सुधार गरिएको छ। आरामदायी सिट, सुविधाजनक केबिन र चालक केन्द्रित फिचरहरूले लामो यात्रामा सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ।

Mahindra-Bolero-DC-Camper-Nepal-2-1785408368.jpg
अग्नि ग्रुपका प्रतिनिधिका अनुसार बोलेरो क्याम्परले लामो समयदेखि आफ्नो बलियो बनावट, कम मर्मत खर्च र कठिन परिस्थितिमा समेत भरपर्दो कार्यसम्पादनका कारण नेपाली बजारमा विश्वास कायम राख्दै आएको छ। नयाँ डीसी गोल्ड संस्करणले यही विशेषताहरूलाई थप आधुनिक सुविधासहित अगाडि बढाउने लक्ष्य राखेको छ।

नयाँ महिन्द्रा बोलेरो क्याम्पर डीसी गोल्ड पिकअप अब नेपालभर रहेका आधिकारिक महिन्द्रा डिलरमार्फत बुकिङ तथा खरिदका लागि उपलब्ध भएको छ। कम्पनीले यसको मूल्य भने सार्वजनिक गरेको छैन।

प्रकाशित मिति: