नेपालमा विद्युतीय सवारी साधनप्रतिको बढ्दो आकषर्ण सँगै बजाज चेतक ईभीले आफ्नो विस्तार निरन्तरता दिँदै पोखराको नयाँबजारमा आफ्नो नयाँ विशेष चेतक एक्सपेरियन्स जोन सञ्चालनमा ल्याएको छ ।
वैशाख ३१ गते आयोजित उद्घाटन समारोहसँगै सञ्चालनमा आएको यो नयाँ शोरुम राजधानी बाहिरका ग्राहकसम्म प्रिमियम विद्युतीय दुईपाङ्ग्रे सवारीको अनुभव पुयाउने दिशामा अर्को महत्वपूर्ण कदमका रूपमा रहेको छ ।
उद्घाटन समारोहमा गोल्छा ग्रुपका प्रातानाधहरू तथा नेपालका लााग बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज हुलासचन्दएण्ड कम्पनी प्रा. लि.का व्यवस्थापन टोलीको उपिस्थात रहेको थियो ।
आधुनिक ईभी प्रयोगकर्ताको बदलिँदो जीवनशैलीलाई मध्यनजर गर्दै निर्माण गरिएको पोखरा एक्सपेरियन्स जोनमा प्रविधि, सहजता तथाग्राहक–केन्द्रित सेवाहरूलाई समेटिएको थियो । उक्त केन्द्रमा सवारी प्रदश न, टेस्ट राईड, खरिद परामर्शदेखि चेतक ईभीका लागि विशेष सेवासुविधा समेत एउटै स्थानमा उपलब्ध गराइएको छ ।
शोरुममा आउने ग्राहकहरूले डिजटल प्रोडक्ट डिस्प्ले मार्फत सवारीका विशेषताबारे जानकारी लिन सक्नेछन् भने प्रशिक्षित ईभी विज्ञहरूमार्फतविद्युतीय सवारी, चर्जिङ समाधान तथा स्मार्टाफचर सम्बन्धी परामर्श पनि प्राप्त गन सक्नेछन् ।
बजाजले नेपाली बजारमा चेतक इलेक्ट्रिक 3501 उपलब्ध गराएको छ, जसको मूल्य ३ लाख २४ हजार रुपैयाँ तोकिएको छ।
यो मोडेललाई प्रिमियम इलेक्ट्रिक स्कुटर सेग्मेन्टमा राखिएको छ र यसले एकपटकको चार्जमा १५३ किलोमिटरसम्मको प्रमाणित रेन्ज प्रदान गर्नेदाबीगरिएको छ। साथै, ०–८० प्रतिशत चार्ज हुन करिब तीन घण्टा लाग्ने उल्लेख छ।
फिचरहरूको हिसाबले स्कुटरमा सिटमुनि ३५ लिटरको स्टोरेज स्पेस र ५ इन्चको TFT डिस्प्ले उपलब्ध छ, जसले नेभिगेसन, म्युजिक कन्ट्रोल रडकुमेन्ट एक्सेस जस्ता सुविधा सपोर्ट गर्छ।
यसमा जियो-फेन्सिङ, एक्सिडेन्ट डिटेक्सन र एन्टी-थेफ्ट सिस्टमजस्ता सुरक्षा तथा सेफ्टी फिचरहरू पनि समावेश छन्, जसले यसलाई बजारमा उपलब्ध आधुनिक कनेक्टेड स्कुटरहरूको स्तरमा राख्छ।
NAIMA Nepal Mobility Expo 2026 भोलिदेखि, ५५ भन्दा बढी ब्रान्ड सहभागी हुँदै
नेपालमा Leapmotor B03X Pro Max सार्वजनिक; पहिलो १०० ग्राहकका लागि मूल्य ४४.९९ लाख रुपैयाँ
GWM Jolion Max EV NAIMA Nepal Mobility Expo 2026 मा प्रदर्शन हुन सक्ने
