Hero MotoCorp ले आफ्नो Electric Mobility Brand Vida को अन्तर्राष्ट्रिय विस्तार नेपालबाट सुरु गरेको छ। कम्पनीले नेपाललाई Vida को पहिलो International Market का रूपमा छनोट गर्दै आधिकारिक रूपमा Global Expansion सुरु गरेको हो।
CG Motors सँगको सहकार्यमा Vida ले नेपालमा नयाँ Product Line-up सार्वजनिक गरेको छ। यसअन्तर्गत दुई Electric Scooter — Vida VX2 Go र Vida VX2 Plus — साथै ४ देखि १० वर्ष उमेर समूहका युवा राइडरलाई लक्षित गरिएको Vida Dirt.E K3 Electric Off-Road Motorcycle सार्वजनिक गरिएको छ।

Vida VX2 Go को मूल्य नेपालमा २ लाख ९९ हजार ९०० रुपैयाँ तोकिएको छ। यसमा २.२ kWh Removable Battery उपलब्ध छ। कम्पनीका अनुसार यसले वास्तविक प्रयोगमा ७५ किलोमिटरसम्मको Range, ७० किलोमिटर प्रतिघण्टाको Top Speed र ० देखि ४० किलोमिटर प्रतिघण्टाको गति ४.२ सेकेन्डमा पूरा गर्न सक्छ।

अझ बढी Range र Performance चाहने ग्राहकका लागि Vida VX2 Plus उपलब्ध हुनेछ। यसको मूल्य ३ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ। यसमा दुईवटा २.२ kWh Removable Battery Pack दिइएको छ, जसको संयुक्त क्षमता ४.४ kWh हुन्छ। VX2 Plus ले वास्तविक प्रयोगमा १४० किलोमिटरसम्मको Range, ९० किलोमिटर प्रतिघण्टाको Top Speed र ० देखि ४० किलोमिटर प्रतिघण्टाको गति ३.१ सेकेन्डमा हासिल गर्ने कम्पनीको दाबी छ।

दुवै Electric Scooter मा DC Fast Charging Support उपलब्ध छ, जसले करिब ६५ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। Removable Battery भएकाले सामान्य Household Socket बाट पनि चार्ज गर्न सकिने सुविधा रहेको छ।
Technology Features का हिसाबले VX2 Series मा Navigation, Geo-Fencing, Over-the-Air (OTA) Software Updates, Smartphone Connectivity तथा My Vida App मार्फत Call र SMS Alert जस्ता सुविधा उपलब्ध छन्।

Scooter Series सँगै Vida ले नेपालमा Dirt.E K3 Electric Off-Road Motorcycle पनि सार्वजनिक गरेको छ। यसको मूल्य १ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ। विशेषगरी ४ देखि १० वर्ष उमेर समूहका युवा राइडरलाई लक्षित गरिएको यो Electric Bike मा 350W Motor र 360Wh Removable Battery दिइएको छ। यसले Riding Mode र भू–भागअनुसार तीन घण्टासम्मको Riding Time प्रदान गर्ने कम्पनीले जनाएको छ।
Dirt.E K3 मा App-Based Parental Control सुविधा पनि उपलब्ध छ, जसले अभिभावकलाई Speed Limit सेट गर्न र तीनवटा Riding Mode मध्ये विकल्प छनोट गर्न अनुमति दिन्छ। यस Electric Off-Roader ले यसअघि Red Dot Design Award 2025 र CES Innovation Award 2026 जस्ता अन्तर्राष्ट्रिय सम्मानसमेत प्राप्त गरिसकेको छ।

लन्च कार्यक्रममा बोल्दै Hero MotoCorp को Emerging Mobility Business Unit की Chief Business Officer Kausalya Nandakumar ले नेपालको बजारलाई कम्पनीको International Electric Mobility Strategy मा महत्वपूर्ण बजारका रूपमा व्याख्या गरिन्।
उनले Vida को Global Expansion का लागि यो लन्च महत्वपूर्ण उपलब्धि भएको बताउँदै CG Motors सँगको सहकार्यले Technology-Driven Electric Mobility Solution नेपाली ग्राहकसम्म पुर्याउन सहयोग गर्ने उल्लेख गरिन्।

त्यस्तै, Chaudhary Group का Managing Director Nirvana Chaudhary ले नेपालमा Sustainable Transportation प्रति बढ्दो आकर्षणको समयमा Vida को आगमन भएको बताए। उनले नयाँ Electric Scooter Range र युवा राइडर केन्द्रित Dirt.E K3 ले नेपालको Electric Two-Wheeler बजारमा थप विकल्प विस्तार गर्ने विश्वास व्यक्त गरे।
VX2 Series को आगमनसँगै Vida नेपालको तीव्र रूपमा विस्तार भइरहेको Electric Scooter Segment मा प्रवेश गरेको छ। Vida VX2 Go र VX2 Plus ले नेपालमा लोकप्रिय हुँदै गएका TVS iQube, Bajaj Chetak Electric र Ather Rizta जस्ता Electric Scooter सँग प्रतिस्पर्धा गर्नेछन्।
इनड्राइभ ड्राइभिङ नारी नेपाल: नेपालमा महिला चालकको संख्या बढाउने इनड्राइभको पहल
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा, नेपालको सडक पूर्वाधारमा नयाँ युगको सुरुवात
TVS ले नेपालमा ल्यायो नयाँ Electric Scooter Orbiter, मूल्य २.८१ लाख रुपैयाँ

