नेभिगेशन
स्थानीय समाचार

Proton e.MAS 5 लन्च पछि नेपालमा विस्तार हुँदै Proton Network, चार नयाँ Outlet थपिँदै

नेपालमा Proton गाडीको आधिकारिक वितरक Jagdamba Motors Pvt. Ltd. ले नयाँ इलेक्ट्रिक एसयूभी Proton e.MAS 5 सार्वजनिक गरेसँगै आफ्नो nationwide network विस्तार गर्ने घोषणा गरेको छ। कम्पनीले देशभर ग्राहकलाई सहज पहुँच र बिक्रीपछिको सेवा उपलब्ध गराउने उद्देश्यले चार नयाँ Showroom तथा Service Centre थप्न लागेको हो।

यस विस्तार योजनाअन्तर्गत Jagdamba Motors ले मंगलबार भक्तपुरको राधे–राधेमा नयाँ Showroom तथा Service Centre औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। आधुनिक पूर्वाधार र upgraded service facilities सहितको यो facility नेपालमा Proton का advanced customer touchpoints मध्ये एक हुने कम्पनीले जनाएको छ।

यसैगरी कम्पनीले आगामी साता थप तीन स्थानमा नयाँ Showroom उद्घाटन गर्ने घोषणा गरेको छ। नयाँ Outlet हरू वीरगन्ज, जनकपुर र नेपालगन्जमा सञ्चालनमा आउनेछन्। यी विस्तारसँगै Proton ले देशका प्रमुख बजारहरूमा आफ्नो उपस्थिति बलियो बनाउँदै ग्राहकलाई गाडी खरिद तथा after-sales service अझ सहज बनाउने लक्ष्य लिएको छ।

यसअघि Jagdamba Motors ले नेपालका सात स्थानबाट Proton का बिक्री तथा Service सुविधा प्रदान गर्दै आएको थियो। कम्पनीले नक्साल, थापाथली, विराटनगर, चितवन, पोखरा, बुटवल र धनगढीबाट ग्राहकलाई सेवा दिँदै आएको थियो।

proton-emas-5-showroom-radhe-radhe-bhaktapur-1-1785142409.jpg

कम्पनीका अनुसार नेपालमा Electric Vehicle प्रति बढ्दो आकर्षणले बिक्री तथा Service infrastructure विस्तार गर्न प्रेरित गरेको हो। नयाँ विस्तारले ग्राहकलाई Proton का उत्पादन तथा ownership support देशभर अझ सहज रूपमा उपलब्ध गराउन सहयोग गर्ने कम्पनीको भनाइ छ।

यो विस्तार Proton को पहिलो Electric Vehicle Proton e.MAS 5 को नेपाल लन्च भएको केही समयपछि आएको हो। Compact SUV segment मा प्रवेश गरेको e.MAS 5 ले नेपाली बजारको प्रतिस्पर्धात्मक ३० लाख रुपैयाँ आसपासको EV segment लाई लक्षित गरेको छ।

Proton e.MAS 5 नेपालमा प्रारम्भिक मूल्य २९ लाख ९९ हजार रुपैयाँ मा सार्वजनिक गरिएको हो। कम्पनीले यसलाई केवल affordable EV को रूपमा नभई premium features र advanced technology सहितको विकल्पका रूपमा प्रस्तुत गरेको छ। यसले ३०–३५ लाख रुपैयाँको EV segment मा नयाँ benchmark स्थापित गर्ने लक्ष्य राखेको छ।

e.MAS 5 मा Rear-Wheel-Drive (RWD) architecture, multi-link independent rear suspension, १४.६ इन्च HD infotainment display, Level-2 Advanced Driver Assistance Systems (ADAS) तथा ७० लिटर क्षमताको front trunk (frunk) जस्ता सुविधा उपलब्ध छन्। यी features ले यसलाई आफ्नो segment कै feature-rich electric SUV मध्ये एक बनाएको छ।

Proton e.MAS 5 को Launch र showroom तथा service network विस्तारसँगै Proton ले नेपालमा ब्रान्डप्रतिको विश्वास  अझ बलियो बनाउने लक्ष्य राखेको छ। तीव्र रूपमा विस्तार भइरहेको नेपालको electric vehicle बजारमा कम्पनीले आफ्नो उपस्थिति थप मजबुत बनाउने अपेक्षा गरेको छ।

प्रकाशित मिति: