TVS Motor Company ले नेपालको इलेक्ट्रिक मोबिलिटी पोर्टफोलियोलाई विस्तार गर्दै नयाँ इलेक्ट्रिक स्कुटर ‘TVS Orbiter’ सार्वजनिक गरेको छ। नेपालमा TVS iQube पछि अर्बिटर कम्पनीको दोस्रो इलेक्ट्रिक स्कुटर हो।
iQube को तुलनामा अझ अफोर्डेबल विकल्पका रूपमा प्रस्तुत गरिएको अर्बिटर विशेषगरी आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर खरिद गर्न चाहने ग्राहक तथा दैनिक सहरिया यात्राका लागि उपयुक्त विकल्प खोजिरहेका राइडरलाई लक्षित गरिएको छ।
नेपालमा टीभीएस अर्बिटरको प्रारम्भिक मूल्य २ लाख ८१ हजार ९०० रुपैयाँ तोकिएको छ। यो मूल्यले अर्बिटरलाई आफ्नो सेग्मेन्टकै प्रतिस्पर्धी इलेक्ट्रिक स्कुटरमध्ये एक बनाएको छ।

अर्बिटरमा ३.१ kWh क्षमताको IP67 रेटेड लिथियम–आयन ब्याट्री दिइएको छ, जसलाई २.५ kW इलेक्ट्रिक मोटर ले पावर गर्छ। कम्पनीका अनुसार यसले IDC परीक्षणअनुसार एकपटकको चार्जमा १५८ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ। वास्तविक प्रयोगमा भने सडक अवस्था, राइडिङ शैली र अन्य अवस्थाअनुसार करिब ११५ देखि १२० किलोमिटर सम्मको रेन्ज अपेक्षा गरिएको छ।
ब्याट्रीलाई ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब ४ घण्टा १० मिनेट लाग्ने कम्पनीले जनाएको छ।

पावर र क्षमताको हिसाबले हिसाबले अर्बिटरले ६८ किलोमिटर प्रतिघण्टाको टप स्पिड प्रदान गर्छ भने ० देखि ४० किलोमिटर प्रतिघण्टाको गति लिन ६.८ सेकेन्ड समय लाग्छ। यसले दैनिक सहरिया आवतजावतका लागि पर्याप्त प्रदर्शन दिने अपेक्षा गरिएको छ।
डिजाइनको कुरा गर्दा अर्बिटरको लम्बाइ १,८५० मिमी, चौडाइ ७३४ मिमी र उचाइ १,२९४ मिमी रहेको छ। यसमा १६५ मिमी ग्राउन्ड क्लियरेन्स, ७६३ मिमी सिट हाइट र ११२ किलोग्राम कर्ब वजन रहेको छ, जसले नेपालको विविध सडक अवस्थाका लागि स्थिरता प्रदान गर्नेछ।

कम्फर्ट र कन्भिनियन्सको हिसाबले स्कुटरमा ३४ लिटर क्षमताको अन्डर–सिट स्टोरेज दिइएको छ, जहाँ हेल्मेटसहित दैनिक आवश्यक सामग्री राख्न सकिन्छ।
फिचरका हिसाबले पनि अर्बिटर आधुनिक प्रविधिले सुसज्जित छ। यसमा ५.५ इन्च एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, ब्लुटुथ कनेक्टिभिटी, टर्न–बाइ–टर्न (TBT) नेभिगेसन र ओभर–द–एयर (OTA) सफ्टवेयर अपडेट सुविधा उपलब्ध छ।
सुरक्षाका लागि स्कुटरमा क्र्यास तथा फल अलर्ट सिस्टम दिइएको छ, जसले दुर्घटना वा लडेको अवस्थामा मोटरको पावर स्वतः बन्द गर्न मद्दत गर्छ। यसबाहेक एन्टी–थेफ्ट सिस्टम र जियोफेन्सिङ फिचर पनि उपलब्ध छन्।

टीभीएसले अर्बिटरमा ५ वर्ष वा ६०,००० किलोमिटरको वारेन्टी प्रदान गरेको छ, जसले इलेक्ट्रिक मोबिलिटीमा प्रवेश गर्ने ग्राहकलाई थप विश्वास दिलाउने अपेक्षा गरिएको छ।
अर्बिटरको आगमनसँगै टीभीएसले नेपालको तीव्र रूपमा बढिरहेको इलेक्ट्रिक स्कुटर बजारमा आफ्नो उपस्थिति थप बलियो बनाएको छ। प्रतिस्पर्धी मूल्य, १५८ किलोमिटरसम्मको दाबी गरिएको रेन्ज, उपयोगी स्टोरेज र कनेक्टेड प्रविधिसहितको अर्बिटर पहिलो पटक ईभी खरिद गर्ने ग्राहक तथा दैनिक कम्युटिङका लागि भरपर्दो इलेक्ट्रिक स्कुटर खोज्ने प्रयोगकर्तामाझ लोकप्रिय हुने अपेक्षा गरिएको छ।
इनड्राइभ ड्राइभिङ नारी नेपाल: नेपालमा महिला चालकको संख्या बढाउने इनड्राइभको पहल
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा, नेपालको सडक पूर्वाधारमा नयाँ युगको सुरुवात
Vida ले नेपालबाट गर्यो Global Debut, VX2 Electric Scooter र Dirt.E K3 सार्वजनिक

