प्रोटोनले नेपाली बजारमा आफ्नो दोस्रो विद्युतीय कार eMAS 5 सार्वजनिक गरेको छ। रियर-ह्विल ड्राइभ (RWD) प्लेटफर्म र मल्टि-लिङ्क रियर सस्पेन्सनले सुसज्जित यो गाडी प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ।
यसको आधिकारिक मूल्य प्राइम भेरियन्टका लागि ३२.९९ लाख रुपैयाँ र प्रिमियम भेरियन्टका लागि ३६.९९ लाख रुपैयाँ तोकिएको छ। तर कम्पनीले पहिलो १०० ग्राहकका लागि विशेष अफरअन्तर्गत प्राइम भेरियन्ट २९.९९ लाख रुपैयाँ र प्रिमियम भेरियन्ट ३४.९९ लाख रुपैयाँ मा उपलब्ध गराउने जनाएको छ।

प्राइम भेरियन्टमा ५८ किलोवाट क्षमताको मोटर र ३०.१२ kWh CATL LFP ब्याट्री प्याक रहेको छ, जसले WLTP मापदण्डअनुसार २२५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ। त्यस्तै, प्रिमियम भेरियन्टमा ८५ किलोवाट मोटर र ४०.१६ kWh CATL LFP ब्याट्री उपलब्ध छ, जसको WLTP रेन्ज ३२५ किलोमिटरसम्म रहेको कम्पनीको दाबी छ।

eMAS 5 को ग्राउन्ड क्लियरेन्स १७५ मिमी रहेको छ। प्राइम भेरियन्टले ० देखि ५० किमि/घण्टा गति ४.४ सेकेन्डमा हासिल गर्छ भने प्रिमियम भेरियन्टले सोही गति ३.९ सेकेन्डमा पूरा गर्ने बताइएको छ।
फास्ट चार्जिङतर्फ, DC चार्जरमार्फत ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज हुन करिब २१ मिनेट लाग्ने कम्पनीले जनाएको छ। साथै, यसमा ३.३ kW Vehicle-to-Load (V2L) सुविधा पनि उपलब्ध छ, जसबाट बाह्य विद्युतीय उपकरण सञ्चालन गर्न सकिन्छ।

eMAS 5 को लम्बाइ ४,१३५ मिमी, चौडाइ १,८०५ मिमी, उचाइ १,५८० मिमी तथा ह्विलबेस २,६५० मिमी रहेको छ।तुलनात्मक रूपमा लामो ह्विलबेसले भित्री केबिनमा राम्रो लेगरुम उपलब्ध गराउने अपेक्षा गरिन्छ भने १७५ मिमी ग्राउन्ड क्लियरेन्सले दैनिक शहरी प्रयोगसँगै नेपालका अधिकांश सडकमा पनि सहज ड्राइभिङ अनुभव दिने कम्पनीको विश्वास छ।

सेफ्टीका लागि eMAS 5 मा ६ वटा एयरब्याग स्ट्यान्डर्ड रूपमा उपलब्ध छन्। साथै, प्रिमियम भेरियन्टमा लेभल २ एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (ADAS) सहित विभिन्न आधुनिक सुरक्षा तथा चालक सहयोगी प्रविधिहरू समावेश गरिएको छ।
NAIMA Nepal Mobility Expo 2026 भोलिदेखि, ५५ भन्दा बढी ब्रान्ड सहभागी हुँदै
नेपालमा Leapmotor B03X Pro Max सार्वजनिक; पहिलो १०० ग्राहकका लागि मूल्य ४४.९९ लाख रुपैयाँ
GWM Jolion Max EV NAIMA Nepal Mobility Expo 2026 मा प्रदर्शन हुन सक्ने
