नेभिगेशन
स्थानीय समाचार

Wuling MINIEV को नेपाल डेब्यु NAIMA Mobility Expo 2026 मा

प्यारामाउन्ट मोटर्स प्रा.लि.ले आगामी NAIMA Nepal Mobility Expo 2026 मा Wuling MINIEV लन्च गर्ने भएको छ। नयाँ MINIEV ले डिजाइन, प्रविधि, र सुरक्षामा उल्लेखनीय सुधार ल्याउँदै नेपाली बजारमा प्रवेश गर्न लागेको हो।

यसको मुख्य विशेषता भनेको फोर-डोर, फोर-सिट लेआउट हो। आफ्नो सेग्मेन्टमा चारवटा ढोका हुने यो एकमात्र मोडल रहेको वुलिङको दाबी छ। चारवटा ढोकाका कारण अगाडि र पछाडि दुवै सिटमा प्रवेश तथा बाहिर निस्कन सहज हुने भएकाले दैनिक प्रयोगका लागि यो अझ व्यावहारिक बनेको छ।

कम्प्याक्ट आकार भए पनि यसको केबिन पर्याप्त फराकिलो छ। यसमा ७९३ मिमी फ्रन्ट-टु-रियर सिट स्पेसिङ, ६२० मिमी रियर हेडरुम र ४५४ मिमी रियर लेगरुम उपलब्ध छ, जसले चार जना यात्रुलाई आरामदायी यात्रा अनुभव प्रदान गर्छ।

Wuling-MINIEV-Nepal-NAIMA-Nepal-Mobility-Expo-2026-2-1783704743.jpg

इन्टेरियरमा नयाँ ब्राउन–ह्वाइट प्याटर्न भएका सिट प्रयोग गरिएको छ, जसमा थप कुशनिङ र राम्रो एर्गोनोमिक सपोर्ट उपलब्ध गराइएको छ। अगाडिका सिटहरू १६४ डिग्रीसम्म रेक्लाइन गर्न मिल्ने भएकाले पार्किङ वा चार्जिङका क्रममा आराम गर्न सकिन्छ। 

पछाडिको सिट फोल्ड गरेपछि ८३८ लिटरसम्म बुट स्पेस उपलब्ध हुन्छ, जसमा लगेज, किनमेलका सामान, बेबी स्ट्रोलर वा क्याम्पिङ सामग्री सजिलै राख्न सकिन्छ। साथै, केबिनभित्र कप होल्डर, डोर पकेट, मोबाइल फोन होल्डर र युटिलिटी हुकसहित २० वटा स्टोरेज स्पेस प्रदान गरिएको छ।

ड्यासबोर्डमा १०.१ इन्चको सेन्ट्रल टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ। मोबाइल एपमार्फत रिमोट स्टार्ट, एयर कन्डिसन नियन्त्रण, क्याबिन प्रि-कुलिङ तथा प्रि-हिटिङ जस्ता सुविधा सञ्चालन गर्न सकिन्छ। भविष्यमा Apple CarPlay, Huawei HiCar र CarLink सपोर्ट पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ।

Wuling-MINIEV-Nepal-NAIMA-Nepal-Mobility-Expo-2026-interior-1783704641.jpg

MINIEV मा Rest Mode, Camping Mode, Rain & Snow Mode र Pet Mode गरी चारवटा स्मार्ट ड्राइभिङ मोड उपलब्ध छन्, जसले विभिन्न परिस्थितिअनुसार सवारीको सञ्चालनलाई सहज बनाउँछन्।

यो इलेक्ट्रिक कारले ३०१ किलोमिटरसम्मको (CLTC) दाबी गरिएको रेन्ज प्रदान गर्छ। सहरी यात्रालाई लक्षित गरी विकसित गरिएको MINIEV दैनिक आवतजावतका लागि उपयुक्त विकल्पका रूपमा प्रस्तुत गरिएको छ।

सुरक्षाका लागि MINIEV मा डुअल फ्रन्ट एयरब्याग, ESC, ABS with EBD, TCS, Hill Hold Control, TPMS, रियर पार्किङ सेन्सर, रियर-भ्यू क्यामेरा, ISOFIX चाइल्ड सिट एन्कर तथा अटोमेटिक हाजार्ड वार्निङ लाइट जस्ता फिचर उपलब्ध छन्।

Wuling-MINIEV-Nepal-NAIMA-Nepal-Mobility-Expo-2026-1-1783704557.jpg

नेपालमा NAIMA Nepal Mobility Expo 2026 मार्फत लन्च हुने वुलिङ MINIEV को मूल्य तथा भेरियन्टसम्बन्धी विस्तृत जानकारी कम्पनीले सोही अवसरमा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: