नेभिगेशन
स्थानीय समाचार

लिपमोटर B03 इलेक्ट्रिक एसयूभी NAIMA Nepal Mobility Expo 2026 मा लन्च हुँदै

लिपमोटरले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी B03 आगामी NAIMA Nepal Mobility Expo 2026 मा लन्च गर्ने भएको छ। चीनमा यही मोडल A10 नामबाट बिक्री हुँदै आएको छ भने नेपालसहित अन्तर्राष्ट्रिय बजारका लागि यसलाई B03 नाम दिइएको छ।

पहिलोपटक Guangzhou Auto Show मा सार्वजनिक गरिएको B03 लिपमोटरको नयाँ पुस्ताको EV प्लेटफर्ममा आधारित छ। यसमा 100 kW क्षमताको फ्रन्ट-ह्वील ड्राइभ (FWD) इलेक्ट्रिक मोटर रहेको छ, जसले 200 Nm टर्क उत्पादन गर्छ।

साथै, 18 इन्चका एलोय ह्वील, 14.6 इन्चको 2.5K HD टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, Level 2 ADAS (Advanced Driver Assistance System) र 510 लिटरको बुट स्पेस जस्ता फिचर उपलब्ध छन्।

Leapmotor-B03-Nepal-1-1783703841.jpg

नेपालका लागि लिपमोटरको आधिकारिक वितरक शाङ्ग्रिला मोटर्स प्रा.लि. ले पहिलो B03 चीनबाट नेपालतर्फ पठाइसकिएको पुष्टि गरेको छ। नेपाली बजारमा यो एसयूभी दुईवटा भेरियन्टमा उपलब्ध हुने बताइएको छ, जसमा फरक ब्याट्री क्षमता र केही फिचरमा भिन्नता रहनेछ।

चीनमा A10 नामबाट बिक्री भइरहेको यही मोडलले बजारमा सकारात्मक प्रतिक्रिया पाएको छ। त्यसकै प्रभावस्वरूप लिपमोटरले सन् २०२६ को जुन महिनामा मात्रै ९३,३७६ वटा सवारीसाधन बिक्री गर्दै कम्पनीको अहिलेसम्मकै उच्च मासिक बिक्री रेकर्ड कायम गरेको थियो।

आकारका हिसाबले B03 को लम्बाइ ४,२०० मिमीभन्दा बढी, चौडाइ १,८०० मिमीभन्दा बढी तथा ह्वीलबेस २,६०० मिमीभन्दा बढी रहेको छ। समर्पित EV प्लेटफर्मका कारण यसको केबिन फराकिलो छ भने सहरी सडकका लागि उपयुक्त आयाम कायम गरिएको छ।

Leapmotor-B03-Nepal-3-1783703855.jpg

यो एसयूभी लिपमोटरको नयाँ LEAP Architecture मा आधारित छ, जसले Door-to-Door ADAS, AI-आधारित स्मार्ट ककपिट तथा पूर्ण Over-the-Air (OTA) सफ्टवेयर अपडेटलाई समर्थन गर्छ। साथै, यसमा उच्च घनत्वको LFP ब्याट्री र DC फास्ट चार्जिङ सुविधा पनि उपलब्ध छ।

सुरक्षाका लागि B03 मा रूफमा जडान गरिएको LiDAR सेन्सर र Qualcomm SA8650 स्मार्ट ड्राइभिङ चिप प्रयोग गरिएको छ, जसले Parking-to-Parking Autonomous Driving जस्ता उन्नत सुविधा प्रदान गर्छ। त्यस्तै, इन्फोटेनमेन्ट र स्मार्ट ककपिट सञ्चालनका लागि Qualcomm 8295P चिपसेट प्रयोग गरिएको छ, जसले थप सहज, छिटो र स्मार्ट डिजिटल अनुभव उपलब्ध गराउने कम्पनीको दाबी छ।

प्रकाशित मिति: