नेपालको प्रिमियम इलेक्ट्रिक गाडी (EV) बजारमा फेरि मूल्य वृद्धि भएको छ। Deepal S05 को मूल्य हालै फेरि बढेको छ, जसलाई बजारमा हालैका कर नीतिगत परिवर्तनसँग जोडेर हेरिएको छ।
जुन महिनाको नयाँ मूल्य अनुसार S05 को Plus भेरियन्ट अब रु ५७.९९ लाख पुगेको छ, जुन अप्रिलमा रु ५३.९९ लाख थियो। Max भेरियन्ट भने Black इन्टेरियरका लागि रु ६२.४९ लाख र Orange इन्टेरियरका लागि रु ६२.९९ लाख पुगेको छ, जुन पहिले क्रमशः रु ५९.४९ लाख र रु ५९.९९ लाख थियो।
मूल्य बढे पनि S05 आफ्नो फिचर र टेक्नोलोजीका कारण अझै पनि आकर्षक विकल्पका रूपमा रहन्छ। यसमा 99 kW इलेक्ट्रिक मोटर छ जसले 320 Nm टर्क उत्पादन गर्छ। 56.12 kWh ब्याट्री प्याकसँग यो गाडीले WLTP अनुसार 405 km र NEDC अनुसार अधिकतम 470 km रेन्ज दिन्छ।
आकारका हिसाबले S05 को लम्बाइ 4,620 mm, चौडाइ 1,900 mm र उचाइ 1,600 mm छ, साथै 175 mm ग्राउन्ड क्लियरेन्स र 18-inch डुअल-टोन अलोय ह्वील्स छन्। डिजाइनमा शार्क-नोज फ्रन्ट, फ्रेमलेस डोर्स, फ्लस डोर ह्यान्डल, स्टार-फेदर LED टेललाइट, इल्युमिनेटेड लोगो र 1.9 m² पानोरामिक ग्लास रूफ जस्ता फिचर छन्।
इन्टेरियरमा लेदरेट सिट, 64-कलर एम्बियन्ट लाइटिङ, 14-स्पिकर साउन्ड सिस्टम, हिटेड र भेन्टिलेटेड सिट, तथा Zero-Gravity पोजिसन भएको Queen Co-Pilot Seat समावेश छ। साथै 14.4-inch टचस्क्रिनमार्फत विभिन्न स्मार्ट एप र कनेक्टिभिटी सुविधा उपलब्ध छन्।
सुरक्षा र टेक्नोलोजीमा ADAS 2.0 (19 फङ्सन), Remote In & Out Parking, र Augmented Reality Head-Up Display समावेश छन्। साथै CATL Golden Shield Battery System 2.0 ले छिटो चार्जिङ र अझै धेरै सुरक्षा प्रदान गर्छ।
नयाँ Hero Xpulse 210 लन्च: 210cc एड्भेन्चर बाइक रु ५,९९,९०० मा
सुजुकी eVitara नेपालमा रु १ लाखले सस्तो, सुरुवाती मूल्य अब रु ४८.९९ लाख
हीरो Xpulse २१० को नेपालमा बुकिङ खुला
