नेभिगेशन
स्थानीय समाचार

नयाँ Hero Xpulse 210 लन्च: 210cc एड्भेन्चर बाइक रु ५,९९,९०० मा

हीरो मोटोकर्पले नेपालमा आफ्नो नयाँ एड्भेन्चर बाइक Hero Xpulse 210 आधिकारिक रूपमा सार्वजनिक गरेको छ। कम्पनीले यसलाई प्रारम्भिक मूल्य रु ५.९९ लाख मा उपलब्ध गराएको छ।

यो बाइकको सार्वजनिक कार्यक्रम भक्तपुरको सल्लाघारीमा आयोजित पहिलो “210 Xperience” इभेन्टमा गरिएको थियो। उक्त कार्यक्रममा एड्भेन्चर राइडिङ प्रेमीहरू सहभागी भएका थिए, जहाँ ट्रेल राइड, अफ–रोड चुनौतीहरू र विभिन्न अनुभवात्मक गतिविधिहरू मार्फत नयाँ Xpulse 210 को क्षमता प्रदर्शन गरिएको थियो।

Hero-Xpulse-210-bookings-open-nepal-1781078877.jpg

Xpulse 210 मा 210cc सिंगल–सिलिन्डर, लिक्विड–कुल्ड, 4–भल्भ इन्जिन प्रयोग गरिएको छ, जसले 24.6 bhp पावर र 20.7 Nm टर्क उत्पादन गर्छ। यससँग 6–स्पिड गियरबक्स जोडिएको छ, जसले हाईवेमा राम्रो क्रूजिङ क्षमता र विभिन्न सडक अवस्थाहरूमा सन्तुलित प्रदर्शन दिन्छ।

डिजाइनको हिसाबले बाइकले परिचित एड्भेन्चर लुक कायम राख्दै केही आधुनिक अपडेट पाएको छ। यसमा राउन्ड LED हेडल्याम्प, ट्रान्सपरेन्ट विन्डस्क्रिन, LED टर्न इन्डिकेटर, ट्युबुलर ह्यान्डलबार र लामो यात्राका लागि आरामदायी बनाइएको नयाँ सिंगल–पीस सिट समावेश गरिएको छ।

hero-xpulse-210-nepal-launched-1-1781508814.jpg

Xpulse 210 मा फुल LED लाइटिङ सिस्टमसँगै 4.2 इन्च TFT डिस्प्ले पनि दिइएको छ, जसले स्मार्टफोन कनेक्टिभिटी सपोर्ट गर्छ। यसमा स्पीड, गियर पोजिसन, ट्याकोमिटर, ट्रिप जानकारी लगायतका आवश्यक राइडिङ डाटा देख्न सकिन्छ, जसले प्रिमियम अनुभव थप्छ।

अफ–रोड क्षमताका लागि बाइकमा लामो ट्राभल सस्पेन्सन सेटअप दिइएको छ। अगाडि 210mm ट्राभल टेलिस्कोपिक फोर्क र पछाडि 205mm मोनोशक प्रयोग गरिएको छ, जसले कठिन बाटो र ट्रेलमा स्थिरता प्रदान गर्छ।

hero-xpulse-210-nepal-launched-2-1781508874.jpg

यसको एड्भेन्चर (अफ–रोड) क्षमतालाई अझ मजबुत बनाउन 21 इन्च अगाडिको र 18 इन्च पछाडिको स्पोक्ड ह्विल सेटअप दिइएको छ, जसमा ब्लक–प्याटर्न ट्युब टायर लगाइएको छ। ब्रेकिङका लागि अगाडि र पछाडि दुवैमा डिस्क ब्रेक छन्, जसलाई डुअल–च्यानल ABS ले सपोर्ट गर्छ, जसले सुरक्षा र नियन्त्रण दुवै बढाउँछ।

hero-xpulse-210-nepal-launched-3-1781509394.jpg

नेपालमा सफल मोडेल बनेको Xpulse 200 4V ले आफ्नो किफायती मूल्य र अफ–रोड क्षमताका कारण राम्रो लोकप्रियता हासिल गरेको थियो। नयाँ Xpulse 210 ले भने बढी पावर, सुधारिएको हाईवे क्षमतासँगै अपडेटेड फिचरहरू सहित त्यो सफलतालाई अझ विस्तार गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: