प्रोटनले आफ्नो इलेक्ट्रिक भेहिकल (EV) लाइनअप विस्तार गर्ने तयारीसँगै नयाँ Proton e.MAS 5 नेपालमा पनि छिट्टै लन्च हुने अपेक्षा गरिएको छ।
मलेसियामा यो मोडेलले छोटो समयमै उल्लेखनीय सफलता हासिल गर्दै वर्ष २०२५ को हालसम्म सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक भेहिकल बन्न सफल भएको छ।
लन्च भएको पहिलो पाँच महिनामै ९,३५७ युनिट डेलिभरी भएको यो मोडेल प्रोटनको e.MAS ब्रान्ड अन्तर्गत दोस्रो EV हो। यसले पहिले नै नेपालमा बिक्री भइरहेको Proton e.MAS 7 को सफलता पछ्याउँदै ब्रान्डको EV रणनीतिलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।

मलेसियन बजारमा e.MAS 5 दुई भेरियन्टमा उपलब्ध छ। बेस Prime भेरियन्टमा 30.12 kWh CATL लिथियम आइरन फस्फेट (LFP) ब्याट्री प्रयोग गरिएको छ, जसले WLTP अनुसार 225 km सम्मको रेन्ज प्रदान गर्छ। उच्च भेरियन्ट Premium मा 40.16 kWh ब्याट्री दिइएको छ, जसले 325 km सम्मको रेन्ज दिन्छ।
Prime भेरियन्टमा 58 kW पावर र 130 Nm टर्क उत्पादन गर्ने रियर-माउन्टेड मोटर छ भने Premium भेरियन्टमा 85 kW पावर र 150 Nm टर्क उपलब्ध छ। दुबै भेरियन्टहरू रियर-व्हील ड्राइभ (RWD) लेआउटमा आधारित छन्।

फिचरको हिसाबले e.MAS 5 मा 14.6-inch infotainment display, 8.8-inch digital instrument cluster, wireless Android Auto र Apple CarPlay लगायतका सुविधा छन्। साथै मोबाइल एपमार्फत रिमोट भेहिकल कन्ट्रोल सुविधा पनि उपलब्ध छ। DC फास्ट चार्जिङ सपोर्टमार्फत ब्याट्री 30% देखि 80% सम्म करिब 21 मिनेटमा चार्ज गर्न सकिन्छ।
सुरक्षाका लागि यसमा Adaptive Cruise Control, Forward Collision Warning र Blind Spot Detection सहितका ADAS फिचरहरू समावेश छन्।
नेपालका लागि प्रोटनले आधिकारिक रूपमा लन्च मिति, मूल्य वा विस्तृत स्पेसिफिकेशन सार्वजनिक नगरे पनि कम्पनी स्रोतहरूका अनुसार e.MAS 5 छिट्टै नेपाली बजारमा ल्याइने अपेक्षा गरिएको छ, जसले ब्रान्डको EV पोर्टफोलियोलाई नेपालमा अझ विस्तार गर्नेछ।
NAIMA Nepal Mobility Expo 2026 भोलिदेखि, ५५ भन्दा बढी ब्रान्ड सहभागी हुँदै
नेपालमा Leapmotor B03X Pro Max सार्वजनिक; पहिलो १०० ग्राहकका लागि मूल्य ४४.९९ लाख रुपैयाँ
GWM Jolion Max EV NAIMA Nepal Mobility Expo 2026 मा प्रदर्शन हुन सक्ने
