SPG Automobiles, नेपालका लागि Omoda & Jaecoo का आधिकारिक वितरकले नयाँ इलेक्ट्रिक एसयूभी Omoda E5 Pro नेपाली बजारमा सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार नेपालमा पहिले नै 1,500 भन्दा बढी युनिट Omoda E5 बिक्री भइसकेको छ, र सो मोडेलको बजार प्रदर्शनलाई निरन्तरता दिँदै E5 Pro लाई अपडेटेड डिजाइन र थप फिचरसहित प्रस्तुत गरिएको हो
Omoda E5 Pro मा 50.7 kWh ब्याट्री प्याक, 99 kW इलेक्ट्रिक मोटर र 288 Nm टर्क रहेको छ, जसले WLTP मापदण्डअनुसार करिब 350 km रेन्ज प्रदान गर्ने दाबी गरिएको छ। यसमा 191 mm ग्राउन्ड क्लियरेन्स र 18-इन्च अलोय ह्वीलहरू समावेश छन्।
बाहिरी डिजाइन Omoda को फ्युचरिस्टिक डिजाइनमा आधारित छ, जसमा बोल्ड फ्रन्ट फेसिया, एरोडायनामिक प्रोफाइल र Phantom Wing टेललाइटहरू छन्, जसले यसलाई आकर्षक बनाउँछ। Omoda E5 Pro को अपडेटेड केबिनमा ड्राइभर मसाज सिट, इलेक्ट्रिक सनरुफ, 8 Sony स्पिकर भएको इमर्सिभ अडियो सिस्टम र ठूलो 15.6-इन्च वाइडस्क्रिन इन्फोटेनमेन्ट डिस्प्ले समावेश छ, जसले ड्राइभिङ अनुभवलाई अझ प्रिमियम बनाउँछ।
सेफ्टीका लागि 19 भन्दा बढी ADAS (Advanced Driver Assistance Systems) फिचर र 540-डिग्री सराउन्ड भ्यू क्यामेरा प्रणाली उपलब्ध रहेको कम्पनीले जनाएको छ।
यसको मूल्य Single Tone भेरियन्टका लागि NPR 51.59 लाख र Dual Tone का लागि NPR 51.99 लाख तोकिएको छ। लन्च अफरअन्तर्गत पहिलो 50 ग्राहकका लागि NPR 49.99 लाखको विशेष मूल्य र 1 वर्षको निःशुल्क Auto Plus Insurance उपलब्ध गराइनेछ। नयाँ Omoda E5 Pro देशभरका आधिकारिक Omoda & Jaecoo शोरूमहरूमा बुकिङका लागि उपलब्ध छ।
GWM Ora 5 का फिचरहरू सार्वजनिक, नेपालमा लन्चको तयारी तीव्र
नाडा अटो शो २०२६ भदौ ९–१४ गते हुँदै, स्टल बुकिङ खुला
वैद्यज अर्गनाइजेसन अल्ट्राभोइलेटको आधिकारिक वितरक; एक्स ४७ क्रसओभर ल्याउँदै


