नेभिगेशन
स्थानीय समाचार

नाडा अटो शो २०२६ भदौ ९–१४ गते हुँदै, स्टल बुकिङ खुला

नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनीमध्ये एक मानिने नाडा अटो शो २०२६ आगामी भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने भएको छ। नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले १८औं संस्करणको यस प्रदर्शनी आयोजना गर्न लागेको हो।

नाडाका अनुसार अटो शोका लागि स्टल बुकिङ प्रक्रिया खुला भइसकेको छ। इच्छुक कम्पनी तथा संस्थाहरूले जेठ १८ गतेदेखि २६ गतेसम्म स्टल बुकिङ गर्न सक्नेछन्।

नाडा अटो शोले नेपालका अटोमोबाइल उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक तथा अटोमोबाइल क्षेत्रसँग सम्बन्धित अन्य उद्योग–व्यवसायलाई आफ्ना नवीनतम उत्पादन, प्रविधि तथा सेवाहरू प्रदर्शन गर्ने महत्वपूर्ण प्लेटफर्म प्रदान गर्दै आएको छ।

प्रदर्शनीमा विभिन्न सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा तथा अटोमोबाइल उद्योगसँग सम्बन्धित संस्थाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। साथै, हजारौं आगन्तुक, उद्योग व्यवसायी, लगानीकर्ता तथा सञ्चारकर्मीहरूको उपस्थिति रहने आयोजकको विश्वास छ।

स्टल बुकिङ सम्बन्धी विस्तृत जानकारी, आवेदन प्रक्रिया, शुल्क तथा अन्य आवश्यक विवरणहरू व्यवस्थापक कम्पनी Global Exposition and Management Services (GEMS) मार्फत प्राप्त गर्न सकिने नाडाले जनाएको छ। आयोजकले इच्छुक सहभागी संस्थाहरूलाई समयमै बुकिङ सुनिश्चित गरी प्रदर्शनीमा सहभागी हुन आग्रह गरेको छ।

स्टल बुकिङ सम्बन्धी थप जानकारी, आवेदन प्रक्रिया तथा शुल्क विवरणका लागि व्यवस्थापक कम्पनी Global Exposition and Management Services (GEMS) को इमेल [email protected] वा फोन नम्बर 9801541538 तथा 9801541539 मा सम्पर्क गर्न सकिनेछ।

प्रकाशित मिति: