नेपालको इलेक्ट्रिक दुईपांग्रे बजारमा अल्ट्राभोइलेटको वितरण अब वैद्यज अर्गनाइजेसन मार्फत हुने भएको छ। कम्पनीलाई नेपालका लागि ब्रान्डको आधिकारिक वितरक तथा आयातकर्ताको रूपमा नियुक्त गरिएको हो। यसअघि ब्रान्डको स्थानीय बिक्री तथा वितरण केडिया ग्रुपमार्फत हुँदै आएको थियो।
लामो समयदेखि नेपालमा एथर इलेक्ट्रिक स्कुटरको वितरणमा सक्रिय वैद्यज अर्गनाइजेसनले अब इलेक्ट्रिक मोटरसाइकल सेगमेन्टमा पनि आफ्नो उपस्थिति विस्तार गरेको हो। कम्पनीले बिक्रीपछिको सेवा, सर्भिस नेटवर्क विस्तार तथा ग्राहक अनुभव सुधारलाई प्राथमिकतामा राखेर संरचना विकास गर्ने जनाएको छ।
हाल नेपालमा अल्ट्राभोइलेट एफ७७ मोडलका दुई भेरियन्ट उपलब्ध छन्—ओरिजिनल र रिकन। यी दुबै मोडल १०.३ किलोवाट आवरको ब्याट्री प्याकसहित आउँछन् र एक पटकको फुल चार्जमा करिब ३२३ किलोमिटर (आईडीसी) रेन्ज दिने दाबी गरिएको छ।
यसमा ३० किलोवाट पावर र १०० एनएम टर्क उत्पादन गर्ने इलेक्ट्रिक मोटर जडान गरिएको छ। ० देखि ६० किलोमिटर प्रतिघण्टा गति २.८ सेकेन्डमा हासिल गर्न सक्ने क्षमता पनि उल्लेख गरिएको छ। मोटरसाइकलमा ट्रयाक्सन कन्ट्रोल, रिजनरेटिभ ब्रेकिङ, डाइनामिक स्टेबिलिटी कन्ट्रोल र हिल होल्ड जस्ता सुरक्षा तथा सहायता प्रणालीहरू समावेश छन्।
त्यसैगरी अल्ट्राभोइलेटले निकट भविष्यमा एक्स–४७ क्रसओभर मोडल पनि नेपाल ल्याउने तयारी गरेको छ। इन्ग्रेटेड राडार प्रविधिसहितको उक्त मोडललाई ब्रान्डको आगामी उत्पादन लाइनअपको हिस्सा मानिएको छ।
NAIMA Nepal Mobility Expo 2026 भोलिदेखि, ५५ भन्दा बढी ब्रान्ड सहभागी हुँदै
नेपालमा Leapmotor B03X Pro Max सार्वजनिक; पहिलो १०० ग्राहकका लागि मूल्य ४४.९९ लाख रुपैयाँ
GWM Jolion Max EV NAIMA Nepal Mobility Expo 2026 मा प्रदर्शन हुन सक्ने
